११ पुस, काठमाडौँ ।
काठमाडौंमा शुक्रवार बाट चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । चिनियाँ दुतावासको आयोजनामा काठमाण्डौको कुमारी हलमा सुरु भएको चलचित्र महोत्सव दुई दिन सम्म चल्ने छ । ‘द परेड अफ सेभेन्टी एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’, ‘द ग्रेटवाल फिल्म’ प्रदर्शनी गरिएको हो ।
महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्त रुपमा गरेका थिए । सो अवसरमामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले दुई दिने चिनिया चलचित्र महोत्सवबाट नेपाली दर्शक र फिल्म क्षेत्र, साहित्य जगतले धेरै कुरा सिक्न सक्ने बताए । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरु नेपाल घुम्न आउने विश्वास आफुले लिएको बताए ।

महोत्सव अन्तरगत काठमाडौंमा ११ र १२ गते, पोखरामा पुस २० र लुम्बिनीमा पुस २३ गते चिनियाँ चलचित्र देखाइने छ । पोखराको मिड टाउन ग्यालरीमा र लुम्बिनीमा लुम्बिनी विकास कोषको सभाकक्षामा देखाईने छ ।










