१३ पुस, काठमाडौं ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारका लागि सरकारले विश्वका विभिन्न शहरमा रहेका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । मंगलबार डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उल्लेख गरेका छन् ।
उनले यसको संयोजन गर्ने गैरआवासीय नेपाली संघ (एनआरए) का अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिएका छन् । मन्त्री भट्टराईले सिड्नी–अस्ट्रेलिया, वेलिङ्टन–न्युजिल्याण्ड, टोक्यो–जापान, सियोल–दक्षिण कोरिया, दोहा–कतार, यूएई–दुबई, हङकङ, म्युनिख–जर्मनी, ब्रसेल–बेल्जियम, बेलायत–लण्डन, न्युयोर्क–अमेरिका, डब्लिन–इरेल्याण्ड, टोरन्टो–क्यानडा र शिकागो–अमेरिकामा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइने पक्का भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
यसबाहेक अन्य स्थानमा पनि नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराउनका लागि सम्बन्धीत देशका एनआरएनलाई अनुरोध गरिएको पनि उनले जानकारी दिए ।
यसअघि युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।
https://www.facebook.com/photo.php?fbid=10218400338553215&set=a.2095342716582&type=3&eid=ARAyk_Nh5l3tBOYio-WaIRnSwBuEZ7s3Fpz8nYXqnJ3-7eaNe2xdeFi87EQq5qO5tkbPr4kd8UzKnBZ5