चलचित्र ‘प्रेमगीत ३’मा सुनिल थापाको फरक अवतार

चलचित्र ‘प्रेमगीत ३’मा सुनिल थापाको फरक अवतार

१३ पुस, काठमाडौँ ।
छायाङ्कन भइरहेको वर्षको प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ का अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।  उनी भारी हिम पात भइरहेका बेला लामो यात्रामा निस्किएको पोस्टरले वर्णन गर्छ । पोस्टरमा कलाकार थापा फरक र प्रभावशाली अवतारमा प्रस्तुत छन् । साथमा उनले ढोल समेत बजाइरहेको पोस्टरमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरले चलचित्रप्रति निकै कौतुहलता पैदा गरिदिएको छ ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, संवृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहने छ । चैत २८ गते रिलिज हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन गरेका छन् ।सन्तोषकै निर्माण रहेको ‘प्रेमगीत ३’ ले डेढ सय वर्ष पुरानो प्रेमकथा भन्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.