१३ पुस, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड भएको छ ।
आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् । टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ।
उपकुलपति कार्यालयका प्रमुख कमल घिमिरेका अनुसार उपकुलपतिसँग कुरा गर्नुछ भनेर विद्यार्थी आएर कर्मचारीलाई बाहिर जान भने। त्यसको दुई मिनेट पछि झगडाको आवाज आयो र भित्र हेर्दा उपकुलपतिको टेबल, कुर्सी पल्टाएछन्। सिसाको कप फुटाएछन्।’उनले भने ।
उपकुलपतिले आफूखुसी विभिन्न विभाग र क्याम्पसमा तीन महिने नियुक्ति गरेको विषयमा ती विद्यार्थीले असन्तुष्टि जनाएको बुझिएको छ। त्यस विषयमा उपकुलपति बाँस्कोटाले ‘म मिटिङमा छु’ भनेर बोल्न चाहेनन्।