१४ पुस, काठमाडौं ।
जनताको कदर गर्ने राजा वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।
राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।
राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । उनको यो कदमलाई जनताले जनप्रिय राजाका रुपमा चिनेका थिए ।
राज दरबार हत्याकाण्ड घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् ।
उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो ।