राजा वीरेन्द्रको ७५ औँ जन्मजयन्ती मनाइँदै

राजा वीरेन्द्रको ७५ औँ जन्मजयन्ती मनाइँदै

१४ पुस, काठमाडौं ।
जनताको कदर गर्ने राजा वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।

राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । उनको यो कदमलाई जनताले जनप्रिय राजाका रुपमा चिनेका थिए ।

राज दरबार हत्याकाण्ड घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् ।

उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.