मुख्यमन्त्री पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गर्ने पक्राउ

मुख्यमन्त्री पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गर्ने पक्राउ

१५ पौष, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी टेलिफोनबाट अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौको टोलीले नुवाकोट तादी गाउँपालिका ३ बस्ने पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको र आज सो विषयमा अनुसन्धान गरिने अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताए ।

मुख्यमन्त्री पौडेललाई पाण्डेले टेलिफोनमार्फत अपशब्द प्रयोग गरी गालीगलौच गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.