४ वर्षीया आफ्नै छोरीलाई कुटपिट गरी हत्या

४ वर्षीया आफ्नै छोरीलाई कुटपिट गरी हत्या

१५ पुस, कञ्चनपुर ।
आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका–१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.