१५ पुस, काठमाडौँ ।
नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ । कांग्रेसले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ‘एक परिवार दुई पर्यटक’को नारा सहितविदेश स्थित नेपाली जनसम्पर्क समितिहरु र पार्टीको देशभित्रका सबै तहलाई योगदान गर्न अपिल गरे ।
त्यस्तै कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी गरेको जनाएको छ । प्रवक्ता शर्माले नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमार्फत सरकारले नागरिकको फोन ट्यापीङ गर्न सक्ने अधिकार लिनचाहेको र सामाजिक सञ्जाललाई नियन्त्रण गरी नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्न खोजेको बताए । त्यस्तै कांग्रेसले सरकारको कर्तव्य उखुको मूल्य निर्धारण गर्ने मात्र नभई किसानले पाउनुपर्ने भुक्तानी दिलाउन समेत रहेको जनाएको छ ।
प्रवक्ता शर्माले आन्दोलनरत किसानहरुको साथमाकांग्रेस रहेको बताउँदै तत्काल समस्या समाधानकालागि सरकारले तत्परता देखाउनु पर्ने माग कांग्रेसको रहेको बताए । कांग्रेसले संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ को नामाकरण गरी आदेश जारी गर्नुलाई प्रदेश सभाको अधिकार अपहरण भएको जनाएको छ । त्यस्तै प्रवक्ता शर्माले कांग्रेसले प्रदेश सभाको सदस्यको उम्मेदवार तय गर्न पुष १७गते कार्यसमिति बैठक बस्ने जानकारी समेत दिए । त्यस्तै उनले बुधबार सभापति शेरबहादुर देउवाले अनौपचारिक छलफलका लागि पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई आफ्नो निवासमा बोलाएको बताए ।