कालापानी क्षेत्रमा नापी विभागको टोलीर्लाइ भारतले रोक्यो : मन्त्री अर्याल

कालापानी क्षेत्रमा नापी विभागको टोलीर्लाइ भारतले रोक्यो : मन्त्री अर्याल

१५ पुस, काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीर्लाइ भारतले रोकेको बताएकी छिन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ । कुटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने उनले बताइन् । मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताएकी छिन् । कालापानी र लिपुलेक नेपाली नक्सामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनले बताइन् ।

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए । उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए ।

समिति बैठमा नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताएका छन् । अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए । रावलले भने , ‘उनले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ । नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइने भने हामीले अन्त पनि नदेखाए भयो नी त । नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिने ।’

नेता रावलले सन्धी सम्झौताहरुले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न के गाह्रो भन्दै प्रश्न समेत गरे । उनले नेपाल सरकारका सबै अंगहरुमा नक्साको उपयोग हुने अवस्थामा नयाँ नक्सा जारी गरी तत्काल लागु गर्न पनि माग गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.