यूएस बंगलाको विमान दुर्घटना हुदा ४९ जनाको मृत्यू

यूएस बंगलाको विमान दुर्घटना हुदा ४९ जनाको मृत्यू

काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना हुदा ४९ जनाको मृत्यु भएको छ । बंगलादेशको ढाकाबाट आएको विमान काठमाडौमा अवतरणका क्रममा दुर्घटना हुदा २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा २२ जना घाईते भएका छन । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए । ७६ यात्रु मध्य ३३ जना नेपाली , ३२ जना बगलादेशी, माल्दिभ्सका १ र चिनिया नागरिक १ जना रहेका थिए । अवतरणका क्रममा अनियन्त्रित भएर विमानमा आगलागी भएको बताइएको छ ।

दुर्घटनापछि विमानका यात्रुलाई शकुशल उद्धारको प्रयासमा सुरक्षा निकायक जुटेको थियो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल समेत दुर्घटनास्थलमा पुगेर घटनाको जानकारी लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.