प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष र अन्जन यो हप्ता नै मैदान फर्कने

प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष र अन्जन यो हप्ता नै मैदान फर्कने

१६ पुस, विराटनगर ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रतिबन्धमा परेका राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ र अन्जन विष्ट यही हप्तादेखि मैदान फर्कने भएका छन् ।

एन्फाको ४५ दिने प्रतिबन्ध बुधबारदेखि सकिने भएकाले उनीहरु यही हप्तादेखि मैदान फर्कने भएका हुन् । प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत चौथो चरणको खेलबाट मैदान फर्कने छन् ।

त्रिभुवन आर्मी क्लबका सेन्टर मिडफिल्डर सन्तोष बुधबार थ्री स्टारविरुद्ध मैदान उत्रने छन् । मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर अन्जन भने शनिबारदेखि खेल्नेछन् ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटिले सन्तोष र अन्जनलाई फुटबलमा ४५ दिने प्रतिबन्ध र ५० हजार जरिबाना गरेको थियो ।

नाइट क्लबमै समय बिताएका विमल घर्ति मगर र दिनेश राजवंशीलाई भने ५० हजार जरिबानासहित ९० दिनको प्रतिबन्ध लागेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.