१६ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ।
प्रधानमन्त्री ओलीले बुधबार ट्वीट गर्दै फोन वार्ता मार्फत नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गरेको बताएका छन्। उनले भनेका छन्, ‘श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान(प्रदान गर्यौं।’
। ओलीले मोदीलाई नेपाल भ्रमणको लागि पुनस् आग्रह समेत गरेका छन्। यस्तै दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा समेत दुई नेता विश्वास लिएका छन्