विराटनगरबाट लागु औषधसहित २ जना पक्राउ

विराटनगरबाट लागु औषधसहित २ जना पक्राउ

१७ पुस, विराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–१२ आईतवारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका–४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.