आज राष्ट्रिय पोशाक दिवस मनाइँदै

आज राष्ट्रिय पोशाक दिवस मनाइँदै

१७ पुस, काठमाडौँ ।
आज नेपाली पोशाक दिवस । राजधानी लगायत देशका विभिन्न स्थानमा नेपाली पोशाक दिवस मनाउने प्रचलन सुरु भएको छ । ‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षरण महाअभियान’ भन्ने मूल नाराकोसाथ आज राष्ट्रिय पोशाक दिवस मनाइँदै छ ।

नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो । दौरा सुरुवाल र गुन्युचोलीलाई तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राष्ट्रिय पोसाकलाई खारेज गरेपछि हालसम्म नेपालमा राष्ट्रिय पोशाक घोषणा गरिएको छैन ।

सरकारलाई राष्ट्रिय पोसाक घोषणा गर्न दबाबस्वरुप देशभर पोसाक दिवस मनाइँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.