पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

१७ पुस, काठमाडौँ ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

मूल्य वृद्धिपछि निगमको डिपो/विक्री विन्दु देखि १५ कि.मि. क्षेत्रभित्र पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १११ प्रति लिटर, पोखरा, दाङ्गमा रु. ११०।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. १०९।५० प्रति लिटर कायम गरिएको छ छ । त्यस्तै, डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १००।०० प्रति लिटर, पोखरा, दाङ्गमा रु. ९९।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९८।५० प्रति लिटर कायम गरिएको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.