पर्यटन वर्षमा जमैकाका पर्यटनमन्त्री नेपाल घुम्दै

पर्यटन वर्षमा जमैकाका पर्यटनमन्त्री नेपाल घुम्दै

१७ पुस, काठमाडौँ ।
जमैकाका पर्यटनमन्त्री एडमण्ट बर्टलेटले उपत्यकामा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गरेका छन् । ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटनसत्रमा सहभागि हुन नेपाल आउनुभएका बर्टलेटले बिहीबार बसन्तपुर दरबार क्षेत्र, धरहरा लगायत अन्य निर्माणाधिन सम्पदाहरुको अवलोकन गरेका हुन् ।

उनले नेपाल आउने पर्यटकहरुलाई नेपालमा ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह गरे । ‘हामीले भ्रमणवर्ष २०२० को अभियान चलाएका छौँ जुन अझ बढी पर्यटक नेपालमा ल्याउनका लागि हो । महत्वपूर्ण कुरा के हो भने पर्यटकले ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्नुपर्छ । हरेक कुरामा सुरक्षीत महशुस हुनुपर्छ त्यो विषयमा काम गर्नुपर्छ । पर्यटकीय विशेष क्षेत्रको जानकारी गराउनुपर्छ’, उनले भने, ‘नेपालमा माउण्टेन टुरिजम ठूलो आकर्षणको क्षेत्र हो । त्यसैले म तपाईहरुसँग सहकार्य गर्न तयार छु । त्यसका लागि विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरी यहाँको पर्यटकीय क्षेत्रहरुको बारेमा अझ बढी जानकारी गराउन सकिन्छ ।’

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित बुधबारबाट ‘नेपाल भ्रमणवर्ष २०२०’ को सुरुवात भएको छ । बुधबार भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिएको छ । राजधानी लगायत सात वटै प्रदेशले भ्रमणवर्षको उद्घाटनमा विभिन्न औपचारिक कार्यक्रम गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.