कांग्रेस नेताले समेत उखु किसानको भुक्तानी दिएनन्

कांग्रेस नेताले समेत उखु किसानको भुक्तानी दिएनन्

१७ पुस, काठमाडौँ ।
नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर २ संसदीय दलका उपनेता वीरेन्द कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ । विहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भूक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएको यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए । कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हन् ।

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताए । केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए । बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए ।

उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताए । पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उनले दाबी गरे । पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गरे । सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको छ । बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरुको भने सहभागिता थिएन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.