१८ पुस, उदयपुर। उदयपुरको कटारी नगरपालिका ६ चुहाडेबाट नियन्त्रित लागुऔषध गाँजाको कारोवार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमै भण्डारण गरी गाँजाको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबकट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ६ का ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राईको घरमा खानतलासी गर्दा निजको घरमा लुकाई छिपाई राखेको २ केजी र देवकुमार राईको कोठाबाट १०० ग्राम गाँजा बरामद भएको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ का १७ बर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका १० का १७ बर्षीय सुजन राउतलाई २ सय ५० ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।