१९ पुस, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय लाग्ने बताए । नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई छ ।
‘‘देशमा नयाँ परिस्थिती बनेको छ । नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन् । पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’’, उनले भने, ‘‘जस्तो हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुप¥यो भने अफ्ठ्यारोजस्ता महशुस पनि हुन्छ ।’’
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको दाहालले बताए । दाहालले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने बताए । एक फरक प्रशंगमा अध्यक्ष दाहालले वुद्ध नेपालमा जन्मेका हुन भन्ने आँट हिजोका राजा महाराजाहरुले गर्न नसकेको बताए । बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भएपनि अहिले अभियान नै चलाएर बदल्ने काम सुरु भएको उनले बताए । नेपालमा रहेका ऐतिहासिक र पौराणिक कुराहरुको संरक्षण गर्न काम सरकारले गरिरहेको दाहालले बताए ।