भ्रमण वर्षमा गोरखा होटलमा छुटैछुट

भ्रमण वर्षमा गोरखा होटलमा छुटैछुट

१९ पुस, इटहरी । पूर्वमै चर्चित गोरखा डिपार्टमेन्ट स्टोरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै इटहरीस्थित गोरखा होटलमा पर्यटकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

भ्रमण वर्षलाई लक्षित गर्दै गोरखा होटल प्रा.लि.ले खानामा १५ प्रतिशत , कोठाका लागि २० प्रतिशत छुटका साथै अन्य कुराहरुमा पनि विशेष छुटको व्यवस्था गरेको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले जानकारी दिए ।

छुट सुविधा लागू भईसकेको र यो एक महिनासम्म रहने उनले जानकारी दिए । इटहरीस्थित धरान रोडमा रहेको पूर्व क्षेत्रकै चर्चित र स्तरीय गोरखा डिपार्टमेन्ट स्टोरको सो होटलमा स्वीट रुम, एक्जुकेटीभ रुम, डिलक्स रुम र नर्मल रुम गरी ४२ रुम रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.