५५ किलो गाँजासहित चारजना पक्राउ

५५ किलो गाँजासहित चारजना पक्राउ

२० पुस, काठमाडौं ।
५५ किलो गाँजासहित चारजना पक्राउ परेका छन् ।

तीनजना भारतीय नागरिक र एकजना नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतिहारीका दिलीपकुमार सिंहसहित अन्य दुईजनालाई शनिबार हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका भारतीय नागरिकले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेका बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.