ग्लोवल इन्टरनेशनल अवार्ड २०१९ बाट गायक सिताराम सम्मानित

ग्लोवल इन्टरनेशनल अवार्ड २०१९ बाट गायक सिताराम सम्मानित

२० पुस, काठमाडौं ।
वरिष्ठ गायक सिताराम पोखरेल ग्लोवल इन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित भएका छन् ।

वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो । कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन व्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थााका सभापति आरके श्रेष्ठ लगायतले पोखरेललाई खादा तथा सम्मान पत्रद्धारा सम्मानित गरेका थिए ।

नेपाली गीत संगीतलाई राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा पोखरेललाई सम्मान गरिएको हो । विगत ३ दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.