एक करोड रुपैयाँसहित फरार दीपक पक्राउ

एक करोड रुपैयाँसहित फरार दीपक पक्राउ

२० पुस, काठमाडौं ।
कृषि विकास बैङ्कको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए ।

सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

यसअघि यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ । कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो ।

जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा दुई जना पक्राउ परेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.