मानवअधिकार आयोगको निष्कर्ष : नेपालमा किशोरीहरु उच्च जोखिममा

मानवअधिकार आयोगको निष्कर्ष : नेपालमा किशोरीहरु उच्च जोखिममा

२१ पुस, काठमाडौँ ।

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरु उच्च जोखिममा रहेको औल्याएको छ । ‘नेपालमा बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो औल्याएको हो ।

मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले बताइन् । २६ दशमलव ३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष चपेटामा परेका छन् भने, २६ प्रतिशत बालिकाहरु बेचबिखनमा परेका छन् । सदस्य अन्सारीका अनुसार नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको सिकार बन्ने गरेका छन् । जसमा १८ वर्षमूनिका धेरै छन् ।

बालविकास खोजतलास केन्द्रका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा २ हजार ४८१ जना बालबालिका हराएकोमा १२ सय २४ जना मात्रै फेला परेका छन् । फेला नपरेका १२ सय ५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रमको शिकार भएका भएको हुन सक्ने आयोगले जनाएको छ । गत आर्थिक वर्षमा ३ हजार ३ सय ३१ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरुको संख्या रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आयोगका अध्यक्ष अनुपराज शर्मा परिवारबाट नै बालबालिकाहरुमाथि विभेद रहेको बताए । शिक्षा दिने कुरामा नै आमाबुवाले छोरा र छोरीबीच विभेद गर्ने गरेको पाइएको उनले बताए ।

आयोगको अध्ययन प्रतिवेदनले जवरजस्ती करणीमा परेको पीडितहरुमध्ये जनजाति र दलित समुदायका धेरै रहेको देखाएको छ । पीडकहरु मध्ये ३० प्रतिशत जनजाती पीडक रहेको प्रतिवेदनले देखाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.