२२ पुस, झापा ।
झापाको बिर्तामोड नगरपालिका–५मित्रनगरस्थितबाट नक्कली नोट सहित २ जना पक्राउ परेका छन ।
सोमबार दिउँसो १० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले बिर्तामोड –५बस्ने ३४ बर्षिय सुरेन्द्र योङहाङ र मोरङको बेलबारी नगरपालिका–४बस्ने २५ बर्षीय किरण खवासलाई १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई झापा जिल्ला अदालतमा उपस्थित गराई ५दिनको म्याद थप पश्चात अन्य अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।