२२ पौष, ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ’भूमिहीन भयौं’ भन्दै गरेका छन् ।
मंगलबार बिहान खोकनास्थित वडा कार्यालय अगाडि फास्ट ट्र्याक, बाहिरी चक्रपथ लगायतका विकासका कामले त्यहाँका स्थानियवासी भूमिहीन हुने भन्दै विरोध जनाएका हुन् ।
अरु तरिकाले विरोध गर्दा सरोकारवालाले नसुनेपछि आफ्नै मुखमा मोसो दलेर विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।
ठूला आयोजनाले आफ्नो भूमिसँगै संस्कृतिमा समेत असर पर्ने भन्दै खोकनावासी र अभियान्ताहरूले संयुक्त रूपमा विरोध जनाएका हुन् ।
उनीहरूले सांगीतिक कार्यक्रम समेत गरेका थिए ।
आउँदो शनिबार पनि यस्तै कार्यक्रम इन्द्रचोक र कीर्तिपुर लगायतका स्थानमा विरोध प्रदर्शन गर्न लागेको उनले बताए।