२३ पुस, विराटनगर ।
सुनसरीको दुहबीमा रहेको पशुपति विस्कुट उद्योगमा भएको आगलागी राती १२ बजे नियन्त्रणमा आएको छ ।
विभिन्न स्थानबाट पुगेका ५ वारुणयन्त्र, स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेतको सक्रियतामा आगलागी सुरु भएको साढे ४ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
आगो नियन्त्रणको लागि विराटनगर, विराटनगर इटहरी लगायतका स्थानबाट वारुण यन्त्र पुगेका थिए । आगोले ठुलो मात्रा क्षति पुर्याएको भएपनि हालसम्म क्षति विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।