पुलिस क्लबले दियो कर्णाली प्रदेशलाई ३ सय ४७ रनको विशाल लक्ष्य

पुलिस क्लबले दियो कर्णाली प्रदेशलाई ३ सय ४७ रनको विशाल लक्ष्य

२३ पौष, सुनसरी । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को पहिलो खेलमा बुधबार नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३ सय ४७ रनको विशाल लक्ष्य दिएको छ ।

इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस ४९ दशमलव ३ ओभरमा अल आउट हुँदै ३ सय ४६ रनमा समेटियो । युवा ब्याट्सम्यान कुशल भुर्तेलले तल्लोक्रममा ४९ बलमा ७ चौका र ५ छक्का सहित ७८ रन जोड्दै विशाल योगफल बनाए ।

४७ औं ओभरको पहिलो बलमा रविन्द्रजंग शाहीलाई ठूलो सट प्रहार गरेका कुशल हिमान्शु शाहीबाट क्याच आउट हुन पुगे । ओपनर सुनिल धमलाले ७० रनको योगदान दिए ।

३३ ओभरको पहिलो बलमा स्पिनर युनिस बिक्रम सिंहले विकेटकीपर बिपिन रावलबाट क्याच गराउनु अघि धमलाले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा ललित प्याकुरेलले ओपनर अमित श्रेष्ठलाई राज कुमार शाहबाट २९ रनमा आउट गराए ।

अमितले ३१ बलमा ६ चौका प्रहार गरे । राज कुमार शाहले १६ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीलाई २५ रनमा क्याच आउट गराए । दीपेन्द्रले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

२८ औं ओभरको अन्तिम बलमा अनिल कुमार शाह ३६ रनमा रन आउट भए । अनिलले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेका पवन सरार्फ ३६ औं ओभरको पहिलो कुशल भुर्तेलसँग रनमा तालमेल गर्न नसक्दा १५ रनमा रन आउट भए ।

कप्तान मञ्जित श्रेष्ठ १८, दिलिप नाथ १५, ललित भण्डारी २७ र सागर ढकाल शून्यमा आउट भए । ललित भण्डारीले २१ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । युनिस बिक्रम सिंह र राज कुमार शाहले २(२ विकेट लिए । ललित प्याकुरेलको नाममा १ विकेट रह्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.