आजका प्रमुख खबरहरुः
१.(ठगी गर्दे नेता)
राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य सर्लाही बरहथवाका रामबाबु राय यादव मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा पक्राउ /यादवविरुद्ध १५ सयजना पीडितको उजुरी ।
२.(न्यायको खोजी)
सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै काठमाडौ पुगे / ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडपेको आरोप ।
३.(कसको कुरा पत्याउनु ?)
वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको खुलासा/ मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिएपछि २० करोड रुपैयाँ घुस मागेको आरोप ।
४.(सत्य नलुकोस्)
वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफुले घुस मागेको आरोपको पुस्ट्याई गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको चुनौति /विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दावी ।
५.(भविष्यमाथि खेलबाड)
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानलाई धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको दुइदिने अल्टिमेटम /उत्तीर्ण गरेका दुई व्याचका विद्यार्थीहरुलाई मान्यता नदिए भविष्यमाथि खेलवाड गरेको आरोप ।
६.(चिनियाँलाई चाटर्ड)
काठमाडौका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक सरकारको समन्वयमा दुई चाटर्ड विमानबाट स्वदेश फर्किए / जनही १ हजार जरिवाना तिरेर थुनामुक्त भएका चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल आउन प्रतिबन्ध ।
७.(पत्रकार कुटिएको प्रकरण)
जनकपुर उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख लालकिशोर साहकै निर्देशनमा सञ्चारकर्मी कुटिएपछि दोषीमाथि कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषाद्धारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन /माग पूरा गर्न पाँच दिनको अल्टिमेटम ।
८.(सूचना खबरदारी)
सूचनाको हकको पूर्ण प्रत्याभुतिमा प्रतिवद्ध हुन सरकारलाई राष्ट्रिय सूचना आयोगको सुझाव / ‘जस्केला’बाट नागरिकको मौलिक हकलाई कुठाराघात हुने गरि कानून बनाईएको आरोप ।
९.(कर्मको फल)
दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त टिकाराम घर्तीलाई सल्यान जिल्ला अदालतबाट जन्मकैद सहित १२ वर्ष कैदको फैसला /अन्य ७ जनालाई ९ देखि १६ वर्षसम्मको सजाय ।
१०.(मलद्धारमा सुन)
मलद्वारमा ६ सय ग्राम सुन लुकाई थाई एयरलाइन्स बैंककबाट आएका एक भारतीय नागरिक अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ /डेढ सातामा विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित ६ जना भारतीय नागरिक पक्राउ ।
११.(राजधानी र नामको सकस)
प्रदेश तीनको प्रदेशसभा बैठकमा राजधानी र नामाकरणका विषयमा अध्ययन गर्न गठित सम्भाव्यत अध्ययन विशेष समितिको प्रतिवेदनमाथिको छलफल प्रदेशसभामा जारी / प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो तीन बजे बस्ने ।
१२.(विद्युत फालाफाल)
स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गने / आयोजनाको कुल ६ युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट बिजुली असार महिनाभित्र राष्ट्रिय प्रसारणमा जोडिने ।
१३.(बैकिङ खाका)
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दो /पुष १ गते यता २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेपमा वृद्धि /निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी रहेको राष्ट्र बैंकको तथ्याङ ।
१४.(ए डिभिजनको दौड)
च्यासल युथ क्लबका कप्तान सन्तोषले लिगमा एक सय गोल पुरा गरेपनि ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा च्यासल नेपाल पुलिस क्लबसँग २–२ को बराबरीमा रोकियो /अर्को खेलमा थ्री स्टार ब्रिगेड ब्वाइज क्लबसंग ३–१ ले विजयी ।
र,
१५.(दुर्घटनामा दुश्मनी)
इरानको तेहरानमा दुर्घटना भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनीलाई इरानले नदिने /१७६ जना सवार जहाज तेहरानमा दुर्घटना/ एअर फ्रान्सले इरानी आकाशमा उडान नगर्ने ।









