अब कम्प्युटरबाटै लाइसेन्सको लिखित परीक्षा

अब कम्प्युटरबाटै लाइसेन्सको लिखित परीक्षा

२४ पुस, काठमाडौं।
सवारी साधनको लाइसेन्स बनाउनका लागि अब विभिन्न हन्डर र खण्डर खानु नपर्ने भएको छ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा अब कम्प्युटर प्रणालीबाट लिने भएको छ । विभागले लाइसेन्सको लिखित परीक्षामा समेत अनियमितता भएको पाइएपछि यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नु पर्नेछ । फारम भरेपछि आएको लिखित परीक्षाको मिति स्थान र समयका आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर कम्प्युटरमार्फत लिखित परीक्षा दिन सकिने छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कम्प्युटरमा प्रश्न पहिले नै सेट गरिएको हुनेछ, त्यसको उत्तर परीक्षार्थीले दिनुपर्छ। कम्प्युटरमै तत्कालै पास फेल थाहा हुन्छ।

लाइसेन्स लिनेसँग कम्तीमा सवारीसाधनको यान्त्रिक अवस्था, गाडी भित्रको विभिन्न यन्त्र उपकरणको सामान्य ज्ञान हुनैपर्ने हमालले बताए ।उनका अनुसार विभागले अटोमेसनमा जानका लागि सफ्टवेयर तयार पारिरहेको छ। हमालका अनुसार दैनिक सात हजारले परीक्षा दिन मिल्ने पूर्वाधार तयार पारिनेछ। कम्प्युटरबाट परीक्षा दिनका लागि आवश्यक सबै पूर्वाधार बनाउन केही महिना लाग्ने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.