मकवानपुरमा कार दुर्घटना; एक भारतीय नागरिकको मृत्यु, दुई घाइते

मकवानपुरमा कार दुर्घटना; एक भारतीय नागरिकको मृत्यु, दुई घाइते

२५ पौष, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

रगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बोक्ने बा १ य १२८३ नम्बरको कार बिहीबार राति साढे १ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी भारतीय नागरिक ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको शुक्रबार बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार, उनीहरूमध्ये एक जना गम्भीर घाइते भएका छन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.