तनहुँमा बस दुर्घटना; एकको मृत्यु, २५ घाइते

तनहुँमा बस दुर्घटना; एकको मृत्यु, २५ घाइते

२५ पौष, काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिए ।

सख्त घाइतेहरुलाई उपाचरका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने भिमादका स्वास्थ्य क्लिनिकहरुमा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.