२७ पुस, हेटौँडा ।
प्रदेश ३ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुन लागेको हो ।
प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको राजधानी र प्रदेश नामाकरणको लागि आज पहिलो चरणमा प्रदेशको स्थायी राजधानी र त्यसपछि प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको छ ।