कानेपोखरीमा ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु

कानेपोखरीमा ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु

२७ पुस, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर र अटो ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते घाईते भएका छन् ।

शनिबार राती पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ह ४३११ नम्बरको अटोले सोही स्थानमा रोकी राखेको को २ त २९३० नम्बरको मिनि ट्रयाक्टरलाई पछाडिबाट ठक्कर दिँदा स्थानीय अटो चालक २२ वर्षीय रेवत परियार र अटोमा सवार कानेपोखरी गाउँपालिका–३ हर्कपुर बस्ने बर्ष ७६ को पुर्णबहादुर परियार गम्भिर घाईते भएका थिए ।

घाईते उनीहरुलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा पुर्णबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.