झापाबाट ब्राउनसुगर सहित २ जना पक्राउ

झापाबाट ब्राउनसुगर सहित २ जना पक्राउ

२७ पुस, झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बसपार्कबाट नियन्त्रित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का ३५ बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका २ की २० बर्षीया अन्जना ढुङगानालाई १० ग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.