२७ पुस, काठमाडौँ ।
गुण्डागर्दीमा संलग्न विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । काठमाडौंको बौद्धमा लामालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
बौद्धको जम्मु डाँडामा साँझ ६.०० बजे तिर उक्त घटना भएको एसपी उत्तम राज सुवेदीले बताए । लामा महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोजेका थिए । हाल उनलाई वीर हस्पिटल पठाइएको सिंहले बताए ।
प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।