आजका प्रमुख खबरहरुः
१.(अर्थहीन मलमपट्टी)
नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका दिलीप महतोको परिवारलाई प्रदेश २ सरकारले राहतस्वरुप पाँच लाख रुपैयाँ दिने / महतोको हत्यामा संलग्नलाई कडा कारबाही गर्न प्रदेश सरकारले पहल गरिरहेको उल्लेख ।
२.(स्वामीका रुप)
शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ /विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएको तर, विदेश नपठाएको भन्दै ४ जना शिष्यद्वारा भण्डारीविरुद्ध उजुरी ।
३.(सभामुखको रडाको)
उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको भनाई /संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको दाबी ।
४.(खोई नाम ?)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति नजुट्दा प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत प्रदेश १ ले नाम पाउन सकेन /प्रदेशको नाम हिउँदे अधिवेशनबाट सहमतिमै टुंग्याउने मुख्यमन्त्री शेरधन राईको दाबी ।
५.(दिन कटाउने मेलो)
प्रदेश २ को प्रदेशसभा बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित /बैठक अनिश्चित भएसँगै दर्ता गरिएका विधेयकउपरको छलफल र प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव समेत अन्योलमा ।
६.(मन्त्रीको फुर्ती)
राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुद्वारा स्पष्टिकरण लिन माग /मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय नदिने गरेको उल्लेख ।
७.(कुरा होइन काम)
सरकारले मानव अधिकार हनन् हुनेगरि कुनैपनि विधेयक नल्याएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई / मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको दाबी ।
८.(अधिकारको आवाज)
सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको चेतावनी /समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भएपनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति ।
९.(भाटभटेनीको कर्तुत)
भाटभटेनी लगायतका आधा दर्जन कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधीकरणबाट भएको फैसला सर्वोच्च अदालतद्वारा सदर /कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग नगरेको भन्ने दाबीलाई अस्विकार ।
१०.(रंगशालाका लागि महायज्ञ)
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग जुटाउन चितवनमा महायज्ञ गरिने /महायज्ञबाट ५० करोड रुपैयाँ रकम संकलन हुने धुर्मुस–सुन्तली फाउण्डेसनको अपेक्षा ।
११.(खोई के पत्याउनु ?)
मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा ÷नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने / वर्षा अघि नै नदीमा बाँध बाँधिने ।
१२.(राजस्वको आँखा)
रुपन्देहीको श्रुति ट्रेडर्स सञ्चालकविरूद्ध राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर / भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख ९५ हजार ४८० बिगोको दोब्बर जरिवाना र तीन वर्ष सजाय माग ।
१३.(उर्जामा लगानी)
५ वर्षे व्यवसायिक योजनालाई सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको कार्यान्वयनमा जोड / योजना अन्तर्गत जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने ।
१४.(लिगमा तलमाथि)
सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी)द्वारा तेस्रो जित दर्ता /च्यासल युथ क्लबविरुद्ध एपिएफ बराबरीमा रोकियो ।
र,
१५.(ह्यारीको टेनशन)
बेलायती राजकुमार ह्यारी दम्पतिको राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुने घोषणाका विषयमा बेलायती राजपरिवारमा सामूहिक छलफल /ह्यारी दम्पतिको घोषणाका कारण राजपरिवारमा खैलाबैला ।