गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

२९ पुस, काठमाडौं ।
गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । मंगलबार राति दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहीँ उनको निधन भएको हो । दुर्घटनामा घाइते भट्टराईलाई संगीतकार मिलन मोक्तानले ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

धरान स्थायी ठेगाना भएका भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । उनी गायक लोचन भट्टराईका भाइ हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.