खोटाङको एक घरमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

खोटाङको एक घरमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

२९ पौष, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ को बाम्राङ रमितेडाँडामा रहेको एउटा घरमा आगलागी भएको छ ।

गोपी कट्वालको घरमा आगलागी हुँदा झण्डै ४८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मङ्गलबार बिहान पौने ८ बजे भएको आगलागीमा कट्वालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताए ।

कट्वालको घरमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएका थिए । अग्नी पीडित कट्वाल सामुदायिक सेवा केन्द्र दिक्तेलका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) हुन् ।

नयाँ आरसीसी बनाए पनि कट्वाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.