झापाबाट ५ लाख बराबरको अबैध समान बरामद

झापाबाट ५ लाख बराबरको अबैध समान बरामद

२९ पौष, झापा । झापा प्रहरीले ५ लाख बराबरको अबैध सामान भन्सार क्षेत्रबाट बरामद गरेको छ । झापाको मेचीनगर नगपालिका–६ संगिता ढ्याकबाट प्रहरीले अबैध सामान बरामद गरेको हो ।

भन्सार छली अबैध रुपमा नेपालबाट भारत तर्फ सामान लैजादै गरेको भन्ने सूचनाका आधारमा मंगलबार बिहान राती २ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ४ लाख ८८ हजार बराबरको ६० बोरा छगरा र ५ बोरा मटर बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.