२९ पुस, विराटनगर ।
माघ १ गते प्रदेश १ मा सार्वजनिक विदा हुने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यस्तै विराटनगर महानगरपालिकाले पनि सार्वजनिक सुचना जारी गर्दै माघ १ गते सार्वजनिक विदा दिईएको जनाएको छ ।