बहुविवाह गर्ने जोडीलाई जेल सजायको फैसला

बहुविवाह गर्ने जोडीलाई जेल सजायको फैसला

१ माघ, भोजपुर ।

 जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ । अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हजार जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले गरेको फैसलाअनुसार पीडितलाई रु २० हजार क्षतिपूर्ति पनि भराइएको अदालतका नायब सुब्बा खड्ग भट्टराईले जानकारी दिए । मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को (४) बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो ।

उनीहले गत साउन २३ गते विवाह गरेका थिए । उनीहरुलाई ढकालकी जेठी श्रीमती रेवतीको जाहेरीपछि गत साउन ३० गते पक्राउ गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.