१ माघ, काठमाडौं ।
अमेरिकामा रहेका नेपालीले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघ भवनअगाडि प्रदर्शन गरेका छन् ।
न्युयोर्कस्थित राल्फ बन्च पार्कमा भएको कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लोकदोहोरी गायक रामप्रसाद खनाललगायतको सहभागिता थियो । सीमाविद् श्रेष्ठले भारतले हालै प्रकाशित गरेको नक्सा संशोधन गर्न लगाउनुपर्ने र नेपालले लिम्पियाधुरासम्मको नक्सा अविलम्ब प्रकाशित गर्नुपर्ने माग गरेका थिए ।
सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रतिनिधि डेभिड हन्टरलाई यसका लागि राष्ट्रसंघले पहल गरोस् भनेर पत्र पनि हस्तान्तरण गरिएको त्यहाँ रहेका नेपालीले जनाएका छन् ।