९२ औं ओस्करको मनोनयन सार्वजनिक, ‘जोकर’ अगाडि

९२ औं ओस्करको मनोनयन सार्वजनिक, ‘जोकर’ अगाडि

एजेन्सी, माघ १
सन् २०१९ मा बनेका फिल्मका लागि वर्षको बहुप्रतीक्षित ओस्कर एकेडेमी अवार्डको मनोनयन सार्वजनिक भएको छ। ओस्करको ९२औं संस्करणका लागि मनोनयन सार्वजनिक भएको हो।

यो वर्ष क्विनटिन टोरन्टिनोको फिल्म ‘वान्स अपन अ टाइम इन हलिउड’ र टोड फिलिप्सको ‘जोकर’ रेसमा सबैभन्दा अगाडि छन्। यसका सथै जोकविन फोनिक्स र ब्राड पिट यो वर्ष ओस्कर जित्ने दाबेदार मानिएका छन्।

भारतबाट ओस्करका लागि मनोनयनमा परेको जोया अख्तरको फिल्म ‘गल्ली ब्वाइ’ पहिले नै रेसबाट बाहिरिएको छ। यो फिल्मलाई उत्कृष्ट विदेशी भाषाको फिल्मको विधामा पठाइएको थियो। सेफबाट फिल्ममेकर बनेका विकास खन्नाले ‘द लास्ट कलर’बाट फिल्मी डेब्यु गरेका थिए। नीना गुप्ता स्टारर यो फिल्म बेस्ट फिचर फिल्मको विधामा ओस्करमा पठाइएको थियो।

अकेडेमी अवार्डको फाइनल १० फेब्रुअरीमा हुनेछ। अभिनेता तथा निर्माता जोन चो र अभिनेता तथा लेखक इसा रेले अवार्ड कार्यक्रमको होस्ट गर्दै छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.