२ माघ, विराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहा स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु भएको छ ।
बुधबार दिउँसो उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलबाट घाईते स्थानीय ७० वर्षीय छेतधर्नु खाँ थारुको उपचारको क्रममा मृत्यु भएको हो । सडकमा पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलको ठक्करबाट थारु घाईते भएका थिए ।
घाईते उनको उपचारको क्रममा बिराट मेडिकल अस्पताल टंकीमा साझँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका २३ वर्षीय अक्षयकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।