२ माघ, एजेन्सी ।
म्यानचेष्टर युनाइटेड एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
उल्भ्सलाई बुधबार राती १–० ले हराउँदै युनाइटेडले चौथो चरणको यात्रा तय गरेको थियो । हुवा माटाको एक मात्र गोलमा युनाइटेड विजयी भएको थियो । उनले ६७ औं मिनेटमा गोल गरेका थिए ।
घरेलु मैदानमा उच्च प्रदर्शन गरेको युनाइटेडले थप गोलका अवसर पाएर पनि सदुपयोग गर्न सकेन । एफए कपकै अर्को खेलमा कार्डिफ सिटीले कार्लिस्ली युनाइटेडलाई ४–३ ले हराएको थियो ।
एफ ए कपको चौथो चरणमा पुगेपछि युनाइटेडले प्रिमियर लिगमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । २२ खेलमा टोली ३४ अंकसहित पाँचौं स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ६१ अंक छ ।
त्यस्तै दोस्रो स्थानको म्यानचेस्रट सिटीको ४७, लेस्टर सिटीको ४५ र चेल्सीको ३९ अंक छ ।