२ माघ ताप्लेजुङ ।
ताप्लेजुङमा निमार्णधीन जलविद्युत आयोजना निमार्णका क्रममा एक चिनियाँ मजदुरको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका–१० मिक्लुङमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा १ जना चाईनिज कामदारको मृत्यु भएको हो ।
बुधबार राती ११ बजेको चीनको एनसुई प्रदेश बस्ने ५१ वर्षीय चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए ।
घाईते उनलाई उपचारका लगिा जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त प्रहरीले जनाएको छ ।