३ माघ, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका २ पुतली टोलमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।
स्थानीय डिकबहादुर थापाको ६ बर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।
बिहिवार अपरान्ह रामबहादुर दुलालको घरमा रहेको को २ त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
घटनापछि चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।