व्यापार घाटाका कारण दुई बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले

व्यापार घाटाका कारण दुई बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले

३ माघ, धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पतीले त्रिशूली नदीमा हाम फालेका छन् ।

झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने दुई बच्चा अझै बेपत्ता छन् । श्रीमानको भने रेस्क्यु टोलीले तत्काल उद्धार गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् । उनीहरु आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ ।

श्रीमान् विनय लामिछानेले व्यापारमा घाटा लागेपछि मर्ने निर्णय लिएको बयान प्रहरीलाई दिएका छन् । विनयले गर्ने व्यापारका बारेमा भने खुलिनसकेकाले अनलाइन बिजनेसको कुरो आएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.