४ माघ, विराटनगर ।
खेल क्षेत्रका भौतिक पूर्वाधार निमार्णमा सरकारबाट आशातित काम नभएपछि जब जनस्तरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियान सुरु भयो नेपालीहरुले गौरवान्वित महसुस गर्दै सकेको सहयोग गरिरहेका छन् । खेल र खेलाडीका लागि आवश्यक र समर्थकको चाहनालाई पूरा गर्न धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिरहेका छन् । यही शुभकार्यलाई आर्थिरुपमा साथ दिन क्रिकेट सर्मथकहरु आ–आफ्नो ठाउँबाट लागि परेका छन् । यस्तै एउटा उदाहरणीय कार्य विराटनगरको विराट सडक महोत्सवमा पनि देखिएको छ ।
सडक महोत्सवको ६ नम्बर स्टलमा नेपाली क्रिकेट समर्थक समाजका अभियान्ताहरुले ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ रकम संकलन अभियान’ लेखिएको ब्यानर टांगेर सहयोग संकलन गरिरहेका छन । छेऊमा लेखिएको थियो रु.१ मा एक कप चिया । उनीहरु १ रुपैँयामा चिया बेच्न व्यस्त थिए । त्यहाँ आएर चिया खाने अधिकांशले रंगशालाका लागि स्वइच्छाले सहयोग गरिरहेका देखिन्थे । पहिले १० रुपैँयामा चिया बेच्न थालेको र त्यो पनि धेरै ठानेर १ रुपैँयामा सुरु गरिएको उनीहरु बताउँछन् । सडक महोत्सवको स्टलबाट सुरुका २ दिनमा ७ हजार ५ सय नब्बे सहयोग संकलन भएको नेपाली क्रिकेट समर्थक समाज विराटनगर शाखाका अध्यक्ष ईश्वर रेग्मीले जानकारी दिए । उनले जनस्तरबाट निर्माण भईरहेको रंगशालाका लागि सहयोग संकलन अभियान माघ १ बाट सुरु भएको र इच्छुकहरुमाझ पुगेर जे–जे सहयोग गरेपनि त्यसलाई नगदमा परिणत गरेर धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिने बताए । थोरै–थोरै सहयोग जम्मा हुँदै धेरै हुने भएकाले यसरी नै विभिन्न ठाउँमा अभियान चलाउने अभियान्ताहरु निर्मल भण्डारी बताउँछन् ।

नेपाली क्रिकेट समर्थक समाज नेपालको एकमात्र आधिकारीक फ्यान क्लव हो । क्रिकेट समर्थकहरु सदस्य रहेको क्लबले क्रिकेट क्षेत्रमा राम्रा कामलाई सहयोग र नराम्रा काम विरुद्ध खबरदारी गर्दै आईरहेको छ । सडक महत्वसव अन्तिम चरणमा आइसकेको छ । रंगशालाकालागि यहीबाट केही सहयोग गर्ने तपाई इच्छा नेपाली क्रिकेट समर्थक समाजले पूरा गरिदिने जमर्काे गरेको छ । सहयोग गर्ने तपाईको इच्छा र भावनालाई महोत्सवको ६ नम्बर स्टलमा गएर सार्थकतामा परिणत गर्न सक्नुहुनेछ । त्यसैले ढिला नगर्नुस है ।